-सुनिलकुमार लो
कञ्चनपुर, असार १ ।
कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामीले कोरोना संक्रमितहरु रोगले भन्दापनि सामाजिक दुर्व्यवहारले पीडित भएको बताएका छ्न ।
स्वास्थ्यकर्मी धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोचलाई परास्त गर्न नसकेको बताएका छन । आफ्नो अनुभव बाँडदै धामीले भने हिजो सम्म जतापनी मेरो आवश्यक्ता पर्ने तर संक्रमित भएको खबर थाहा हुने बित्तिकै धामीले बर्बाद बनायो भनेर कुरा काटेर घृणा फैलाउनेहरु कोरोना भाईरस भन्दापनी खतरा रहेको उनले जिकिर गरे । आफुले कोरोना परास्त गरेपनी यस्तो गलत सोचहरुलाई परास्त नसकेकोमा दुखेसो व्यक्त गरे । कोरोनाको पिडाले भन्दापनि मान्छेहरुबाट पाएको घृणाले आफू निकै तनावग्रस्त भएको धामीको गुनासो छ । "आफू जोखिममा रहेर आफ्नो र परिवारको ज्यूज्यानको पर्वाह नगरी काम गर्दागर्दै संक्रमित हुन पुगे तर बदलामा घृणा पाएँ।"
आफ्नै पहलमा पन्ध्र जनाको पिसिआर चेक भएको र त्यसमा आफ्नो रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसन गएको बताउँदै स्वास्थ्यकर्मी धामीले यदि आफुले पिसिआरको पहल नगरेको भए पुनर्वास ठूलो जोखिममा पर्ने खुलासा गरे ।
पुनर्वास नगरपालिका ९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी धामी कोरोना जितेर सोमबार बेलुकी घर फर्केका हुन । उनको गत जेठ २१ गतेको पिसिआर रिपोर्टमा पोजेटिभ आएको थियो ।
सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा १४ दिन विताएका धामीको तीनवटा परिक्षण नेगेटिभ आएको थियोे । सोमबार डिस्चार्ज हुने भएपछि पुनर्वास नगरपालिकाले पठाएको गाडीमा चढेर धामी घर पुगेका हुन ।
आफुलाई कोरोना पोजेटिभ भएको थाहा पाउँदा सुरुमा निकै डराएको स्मरण गर्दै आफुलाई सामान्य टन्सिलको समस्या बाहेक केही लक्षण नदेखिएको बताए । विदेश तिरको मृत्यु खबरले आफुलाई तनाव दिएपनि शुभेच्छुकहरुको माया र आशीर्वाद तथा स्वास्थ्यकर्मी साथीहरुको रेखदेख र हेरविचारले आफूले कोरोना भाईरसलाई जितेको धामीको भनाइ छ ।
कोरोना संक्रमणको जोखिम कम भईनसकेकोले सबैलाई होशियारी अपनाउन उनले आग्रह गरे ।
स्वास्थ्यकर्मीहरु संक्रमित हुनको मुख्य कारण स्वास्थ्य सामाग्रीको अभाव भएको बताउँदै सम्बन्धित निकायको यसतर्फ ध्यान जानु आवश्यक रहेको उनको भनाई छ ।
No comments:
Post a Comment