Saturday, June 27, 2020

कञ्चनपुरका कोरोना संक्रमित रोपाइँमा ब्यस्त

कञ्चनपुर । कञ्चनपुरका कोरोना संक्रमित रोपाईमा व्यस्त देखिएका छन्। शुक्रवार कोरोना पुष्टि भएका जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ३ का पाँचजना कोरोना संक्रमित रोपाई गरिरहेका हुन्। उनीहरुमध्ये दुईजना जेठ १८ गते सुरतबाट र तीनजना १९ गते बैंग्लोरबाट आएका थिए। भारतबाट आएका उनीहरुलाई कृष्णपुर नगरपालिका–३ स्थित नन्द माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २२ दिन राखिएको थियो भने रिपोर्ट नआउँदै घर पठाइएको थियो। वडानम्बर ३ का वडा अध्यक्ष सुन्दर चौधरीले घर पठाएको चार दिनपछि पाँचजनामा संक्रमण पुष्टि भएको बताए। उनले संत्रमितलाई फेरी घरबाट ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी भएको बताए। कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका दुई सय ५३ जनामध्ये एक सय ३६ जनालाई घर पठाइएको थियो। नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले नगरपालिकाले आरडीटी पोजेटिभ आएकाहरुलाई पनि घर पठाउन वडालाई निर्देशन दिएपछि गाउँमा त्रास बढेको बताए।

No comments:

Post a Comment