Tuesday, June 16, 2020

कैलाली क्वारेन्टाइन बलात्कार काण्ड: दोषीलाई कडा कारबाही र महिलाका लागि छुट्टै क्वारेन्टाइनको माग ।


 
२ असार, काठमाडौ । कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी एक महिलामा भएको सामुहिक बलात्कारको घोर बिरोध गर्दै राष्ट्रियसभाका सांसदहरूले दोषीलाई कडा कार्वाही गर्न र महिलाको लागि अलग्गै क्वारेन्टाइनको ब्वबस्था गर्न माग गरेका छन । 

 कैलालीको लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी महिलाको त्यहाकै २ जना स्वयंसेवक र एक जना स्वास्थ स्वयंसेवकले सामुहिकरुपमा बलात्कार गरेको घटनाको चौतर्फी बिरोध भैइरहेको छ ।

 सोही घटना बारेमा राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेत कोभिड–१९ (कोरोना भाइरस) सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । साथै उहाँले महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न समेत माग गर्नुभएको छ । थापा नेकपा को सांसद हुनुहुन्छ । 

 त्यसरी नै महेशकुमार महराले पनि बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नु जोडदार माग गर्नुभएको छ । घटनाको चौतर्फीरुपमा बिरोध भैरहेको छ । घटनालाई मिलोमतोमा मिलाउन लागेको भन्दै स्थानीयले वडा कार्यलय घेराउ गर्नुका साथै तोडफोड समेत गरिएको छ। 

No comments:

Post a Comment