कञ्चनपुर, २७ जेठ ।
स्वास्थ्यकर्मी कोरोना संक्रमित देखिएपछि पुनर्वासको त्रिभुवनबस्ती स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएको छ ।
स्वास्थ्य चौकीले मंगलबार सूचना जारी गर्दै अन्य स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको हुँदा संक्रमण फैलिन नदिन अनिश्चितका लागि सेवा बन्द गरिएको पुनर्वासका स्वास्थ्य प्रमुख राम बहादुर धामीले बताए ।
स्वास्थ्य चौकीमा कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना परिक्षण गरी उनीहरूको कोरोना रिर्पोट नआउन्जेल सम्मको लागि सेवा बन्द गरिएको अस्पताल श्रोतले जनाएको छ ।
त्यसैगरि हिजो पिसिआर रिपोर्टबाट कोरोना पोजेटिभ देखिएका पुनर्वासको १३ जना मध्ये एक जना सुरक्षाकर्मीपनि भएको पुष्टि भएको छ । पुनर्वास नगरपालिका ९ स्थित कंकड प्रहरी चौकीमा कार्यरत एक जना सुरक्षाकर्मीमा काेराेना पुष्टि भएकाे हाे ।
पुनर्वासमा यस भन्दा अघिल्लो पिसिआर चेकमा एक जना स्वास्थ्यकर्मी सहित ६ जना कोरोना संक्रमित पुष्टि भएको थियो । तर हिजो सोमबारको रिपोर्टमा भने एक स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी सहित १३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै पुनर्वासमा कूल १९ जना संक्रमित भएका छ्न ।
No comments:
Post a Comment