Thursday, June 11, 2020

क्वारेन्टिनमा ६६ हजार सुदुरपश्चिमवासी, कुन जिल्लामा कति ?

धनगढी, २९ जेठ ।
सरकारले  सुदुरपश्चिममा ६६ हजार बढिलाई क्वारेन्टिनमा राखेको छ। कोरोना भाईरसको जोखिममा रहेका ६६ हजार एक सय १२ जनालाई क्वारेन्टीनमा राखेको हो।
प्रदेशभरी ८१ हजार तीन सय ३२ जना अटाउने एक हजार आठ सय ५७ वटा क्वारेन्टिन बनाईएकोमा भारतबाट आएका ५५ हजार पाँच सय ८३ जना पुरुष र १० हजार पाँच सय २९ जना महिला गरी ६६ हजार एक सय १२ जनालाई क्वारेन्टिनमा राखिएको हो।
स्वास्थ्य निर्देशनालय सबैभन्दा बढि कैलालीमा २१ हजार दुई सय ५६, जनालाई क्वारेन्टिनमा राखिएको छ। डोटीमा १० हजार तीन सय ६, कञ्चनपुरमा सात हजार एक सय ७४ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।
यस्तै बैतडीमा चार हजार एक सय ५०, डडेल्धुरामा तीन  हजार आठ सय ५८,  अछाममा नौ हजार तीन सय ३६, बझाङ तीन हजार दुई सय ३७, बाजुरामा पाँच हजार तीन सय ८९ र दार्चुलामा एक हजार चार सय ६ जनालाई क्वारेन्टिनमा राखिएको छ।  

No comments:

Post a Comment