१६ श्रावण
विराटनगर \सरकारले लकडाउन खुला गरेसँगै कोरोना संक्रमितहरुको संख्या भटाभट बढ्न थालेपछि लकडाउन गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको हो । शुक्रबार (आज) राति १२ बजेदेखि विराटनगर महानगरपालिकामा दुई सताको लागि लकडाउन गरिएको हो।
मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए। ‘राति १२ बजेबाटै महानगरपालिकामा १४ दिन लकडाउन गर्ने निर्णय भएको हो’, उनले भने।
लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो।
कोरोनाका बिरामीको उपचारका लागि प्रदेश १ सरकारले सञ्चालनमा ल्याएका कोभिड९१९ अस्पतालका आइसोलेसन संक्रमितले भरिभराउ भएका छन् ।सञ्चालनमा रहेका
आइसोलेसन बेड भरिए पनि नयाँ व्यवस्थापन गर्न सरकारले चासो नदिँदा कोरोना संक्रमितको उपचार र व्यवस्थापनको काम प्रभावित बन्न थालेको छ ।
आइसोलेसन बेडको अभाव हुन थालेपछि थपिएका नयाँ संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या जटिल बनेर गएको छ । चिकित्सकले पछिल्लो समय लक्षणसहितका संक्रमित प्रदेशमा बढेर गइरहेका उपचार र व्यवस्थापमा हेलचेक्राई गर्न नहुने सुझाव दिएका छन् ।
दिनप्रतिदिन संक्रमित बढ्दै गएर प्रदेशनै संकटमा परिरहेका बेला सरकारले नयाँ कोभिड अस्पताल र आइसोलेसन सञ्चालनमा भने कुनै चासो दिएको छैन । जसका कारण रिपोर्ट पोजिटिभ देखिएका संक्रमितहरु घरघरमै बस्नुपर्ने अवस्था छ । क्वारेन्टाइन बनाएर सञ्चालन गरे पनि स्थानीय सरकारले आइसोलेसन बनाएको छैन।
समस्या तड्कारो भएर आपतकालिन स्थिति उत्पन्न हुँदा पनि संकटको घडीमा प्रदेशलाई कोरोनाबाट मुक्त बनाउन नयाँ कुनै रणनीति सरकारले नअपनाएको स्रोतको भनाइ छ । पछिल्लो समय जटिल बनेर गएको संक्रमण नियन्त्रणमा कुनै पनि भूमिका खेल्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना हुन थालेको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सर्वासाधारणमा कोरोना संक्रमण भेटिने क्रम प्रदेशमा बढेर गएको छ । प्रदेश सरकारले विराटनगरमा ५० र सुन्दरहरैंचाको गोठगाउँमा एक सय २५ बेड क्षमताको कोभिड अस्पताल उपचार केन्द्र बनाएर आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
दुवै ठाउँमा रहेका आइसोलेसन बेड अहिले संक्रमितले भरिएका छन् । आइसोलेसन बेडको अभाव हुँदा नयाँ थपिएका संक्रमितको व्यवस्थापन गर्न सकिएको छैन । आइसोलेसन बेड भरिएर उपचार गराउने ठाउँ अभाव हुँदा बिहीबारसम्ममा २२ जना संक्रमितले घरमै बस्न बाध्य हुनु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।
महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीले आइसोलेसन अभावमा संक्रमितलाई घरमै राख्नु परेको र स्थानान्तरण गर्न नसकिएको बताए । ुअहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये २२ जनालाई उपचार गराउने ठाउँको अभाव हुँदा अस्पताल लैजान सकिएको छैन,ु उनले भने, ुघरमै राख्दा संक्रमण अन्यत्र फैलने अर्को जोखिम बढेर गएको छ ।ु
समुदायस्तरका कोरोना संक्रमण फैलिइरहँदा आइसोलेसनको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको अलीले बताए । अलीकाअनुसार विराटनगरमा बिहीबार नै संक्रमण पुष्टि भएका सातजनालाई पनि आइसोलेसनमा लैजान पाइएको छैन । ुबिरामीलाई सुरक्षित साथ राखेर उपचार र व्यवस्थापन गर्ने स्थानको अभाव भएको छ,ु उनले भने, ुजसका कारण झन् तीव्र रुपमा संक्रमण फैलने त्रास बढेर गएको छ ।ु
संक्रमण पुष्टि भएको आधा घण्टाभित्रमा बिरामीलाई अस्पताल पुर्याउने गरी आफूहरु जुटे पनि पछिल्लो अवस्थामा सुरक्षित भएर बस्न र अरुसँग सम्पर्कमा नजान आग्रह गर्दै घरघरमै संक्रमित छाड्नु परिरहेको जानकारी उनले दिए ।
कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले भएका आइसोलेसन बेड संक्रमितले भरिएको बताए । बेड अभावकै कारण पछिल्लो समयमा थपिएका संक्रमितलाई स्थानान्तरण गर्न सकिएको छैन,उनले भने, बेड थप गरेर उनीहरुलाई स्थानान्तरणका लागि कुरा अघि बढाइएको छ ।
बस्नेतले आइसोलेसन अभावमा केही संक्रमितलाई क्वारेन्टाइनमा समेत लगेर राख्नुपर्ने अवस्था रहेको सुनाए । महानगरका मेयर भीम पराजुलीले आइसोलेसन सञ्चालन गर्ने पाटो प्रदेश सरकारको भएकाले पछिल्लो अवस्था उत्पन्न समस्याका बारेमा सरकारका मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसम्म आफूले बारम्बार कुरा राखिसकेको बताए । समस्या थप जटिल बन्दै गएपछि कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा मेयर पराजुलीले बिहीबार विराटनगरमा अस्पतालका सञ्चालक, बरिष्ठ चिकित्सकहरु र स्वास्थ्यकर्मीसँग छलफल समेत चलाएका थिए ।
छलफलमा सहभागी स्वास्थ्यकर्मीले जतिसक्दो चाँडो आइसोलेसन बेड थप गरेर संक्रमितको व्यवस्थापन गर्न नसकेमा भोलिका दिनमा अवस्था झन् भयावह भएर जाने चेतानवी दिएका छन् । ुयहाँ कोरोना लाग्दा उपचार नपाएर जनता मर्ने भए,ु पराजुलीले भने, ुउनीहरुलाई आइसोलेसनमा लगेर राख्न नसक्दा र घरमै छाड्दा संक्रमण फैलिएर अरु पनि जोखिममा पर्ने अवस्था आयो ।ु
उनकाअनुसार विराटनगरमै रहेका ठूला अस्पताल कोशी र विराट नर्सिङ होमका चिकित्सक एवं स्वास्थ्यकर्मी धमाधाम संक्रमित हुन थालेपछि झन् जनमानसमा त्रास फैलिएको छ ।
यतिबेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक योजना तथा मामिला मन्त्री इन्द्र आङ्वो लगायत काठमाडौंमा छन् । यस विषयमा बुझ्न खोज्दा सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग सम्पर्क हुन सकेन । पटक९पटक गरेको फोन मन्त्री घिमिरेले उठाएनन् ।
काठमाडौं उपत्यकामै कोरोना भाईरसको संक्रमणबाट फेरि १ जनाको ज्यान गएको छ । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुने ६५ वर्षीय महिला स्थानीय बासिन्दा नै भएको बुझिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी थसिखेलको स्थायी बासिन्दा थिइन् । यही साता कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार उनी केही समयअघि वीरगन्जबाट काठमाडौँ आएकी थिइन् । तराईबाट आए पनि क्वारेन्टाइनमा नबसेको बताइएको छ । साथै उनले अन्य मापदण्ड पनि नअपनाएको बताइएको छ । यससँगै मृतकको परिवारका पाँच जनामा पनि संक्रमण भएको बताइएको छ ।
यससँगै स्वास्थय मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जनाको मृत्यु भइसकेको छ । शुक्रबार बिहान वीरगन्जमा एक र ललितपुरको एक गरी मृत्यु हुने्को संख्या ५४ पुगेको छ ।
No comments:
Post a Comment