कञ्चनपुर । कञ्चनपुरमा आज थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती अञ्चल अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो ।
आज कोरोना पुष्टि भएका कृष्णपुरका नगरपालिका वडा नम्बर २ का २७ बर्षिय पुरुष, वडा नम्बर ५ का ३२ बर्षिय पुरुष र भिमदत्त नगरपालिका वडा नम्बर ९ का ३३ बर्षिया महिला रहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २९० नमुना मध्ये ३ जनामा कोरोना देखिएको हो ।
No comments:
Post a Comment