Sunday, July 26, 2020
अनेरास्ववियु डडेल्धुराद्वारा खुल्ला रक्तदान
-बिकाश सिंह महता
कञ्चनपुर / ११ साउन २०७७ आइतबार
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीमा पनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) डडेल्धुराले रक्तदान गरेका छन् ।
शनिबार गरिएको एक कार्यक्रममा पछिल्लो समय डडेल्धुरामा एका-एक रगत अभाव देखिएकाले अनेरास्ववियूले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेकाे हाे । डडेल्धुरा रेडक्रसलाई १२ जनाले रक्तदान गरेको अनेरास्ववियु डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिंह ऐरले बताए । रगत अभाव भएकाले संगठनले याे कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो ।
"रक्तदान नै जीवन दान हो" भन्ने मुल ध्येयका साथ र कार्यक्रमले एकतामा बल पुगेको सहभागीहरुले बताएका छ्न । संकलन गरिएको रगत अहिले रेडक्रसको ब्लड बैकमा राखीएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment