काठमाडौं । नेपाल सरकारका उद्योगमन्त्री एव नेकपा नेता लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङ बाट एकजनाले फोन गरेर मन्त्री भट्टलाई ज्यान मार्ने दिएको खुल्न आएको हो ।
बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको मन्त्री भट्टले बताउनु भएको छ।आफुले एमसीसी लागू गर्न त्यसको पक्षमा बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।यसरी मन्त्रीलाई नै ज्यान मार्ने धम्की आएपछि नेपालमा मन्त्री नै असुरक्षित भए आम सर्बसाधारणले कसरी सुरक्षाको प्रत्याभूति गर्ने गम्भीर नैतिक प्रश्न उब्जाएको छ ।
यसरी फोन गरेर टाउको काट्ने धम्की आएपछि मन्त्री भट्टले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दा उसले केहि थाहा छैन भनेको कुरा आज संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उहाँले खुलाउनु भएको छ । मन्त्री भट्टले मानिसहरूले नेटवर्किङ व्यवसायलाई पनि एमसीसीमा जस्तै बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको दावी गर्नु भयो ।
विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ बैठकमा कोट्याउँदै सांसदहरुले अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको आशंका गर्दै प्रश्न गरेका थिए ।
सांसदका प्रश्नहरुको जवाफमा मन्त्री भट्टले मन्त्रालयले अहिले कानुन कार्यान्वयनमात्रै गरेको बताउनु भयो । उहाँले नेटवर्किङ व्यवसाय सञ्चालनका लागि २०७४ सालमा सांसद बाटै कानुन बनाएको र अहिले मन्त्रालयले कार्यान्वयन मात्र गरेकाले त्यसमा कमिसनको शंकाको कुनै पनि प्रश्नै नरहने दावी गर्नु भयो । ‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनी गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उहाँले भन्नू भयो ।
उहाँले बिगत देखि नै नेटवर्किङ व्यवसायले ठग छ भन्ने भ्रम धेरैमा अहिले पनि सवार रहेको पाइएको भन्दै अहिलेको नेटवर्किङ व्यवसायमा ठगी हुने सम्भावना नरहेको समेत दावी समेत गर्नु भएको छ ।
No comments:
Post a Comment