बिकाश सिंह महता
कञ्चनपुर / २० असार २०७७ सनिवार
विश्वव्यापी रुपमा महामारी फैलिएको कोभिड-१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला परेका छन् ।
शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त -२ महुलीयाकी रेनु चौधरी (प्रेमिका)संगै हाम फालेका सो नगरपालिका –२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी (प्रेमी) हामफालेको स्थान बाट १ सय मिटर तल मृत अवस्थामा फेला परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर थापाले बताए ।
प्रेमिका रेनु चौधरी लाई हिजो नै सकुशल उद्धार गरि महाकाली अस्पतालमा उपचार भएको र प्रेमिका संगै नहरमा हाम फालेका प्रेमी लापत्ता रहेका थिए। मृत्यक राकेश नेपानी सेना दिपायलमा कार्यरत थिए । उनी एक हप्ता अघि बिदामा गर आएका थिए।
केही समय सम्म उनिहरुले कुरा कानी पछि उनीहरुलाई हाम फाल्न स्थानियले देखेपछि युवतीको भने सकुसल उद्दार गरेका थिए । घटना किन कसरी घट्यो भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment