कञ्चनपुर, २७ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडानम्बर २ बाणी स्थित दोँदा नदिमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ । पुल मुनीको पानीमा आधा भाग बालुवाले पुरिएको अवस्थामा शनिबार नवजात बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार, नवजात शिशुको शव परीक्षणका लागि महाकाली उपप्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । नवजात शिशु कसको हो भन्ने थाहा नभएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment