अहिले यसैपनि कोरोनाको भय छ । कोरोना भाइरसको संभावित संक्रमणको खतराकै कारण खुला रुपमा हिँडडुल गर्न, यात्रा गर्न सहज छैन । यस्तो अवस्थामा अस्पताल धाउनु अरु कठिन हुन्छ । तर, गर्मी याम एवं मनसुनसँगै अरु किसिमको विभिन्न संक्रामक रोग फैलने भय रहन्छ ।
अर्कोतिर यस मौसममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । खानेकुरा सहजै पच्दैन । अर्कोतिर खानेकुरा चाडै सड्ने, गल्ने हुन्छ । बासी खानेकुरा मात्र होइन, तारेको, भुटेको, मसलेदार खानेकुराले पनि पाचन प्रणालीमा समस्या निम्त्याउँछ ।
गर्मी र झरीको कारण लामखुट्टे, झिंगा, साङ्ला समेत फैलन्छ । यसले रोगको संक्रमण अरु बढाउने भय रहन्छ । त्यसैले वर्षायाममा स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यो सिजनमा के कस्ता स्वास्थ्य समस्या आउन सक्छ त ?
१. भाइरल ज्वरो
वर्षायाम र गर्मीको यो याममा धेरैलाई सताउन सक्छ, भाइरल ज्वरोले । खासगरी बालबच्चा, रोगी, बुढाबुढीलाई यसले थप समस्यामा पार्न सकछ । तापमानमा हुने उतारचढावसँगै उनीहरुको शरीरमा ब्याक्टेरियाको संक्रमण हुनसक्छ । यसले उनीहरुलाई रुघा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखापर्छ ।
२. डेंगु
गर्मीको याममा सबैभन्दा जोखिम हुुन्छ, डेंगुको । यो एडिज वा इजिप्टी लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । खासगरी यसले दिउसोको समयमा टोक्छ । डेंगु संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अरुलाई टोक्दा यसको संक्रमण सहजै फैलन्छ । डेंगुको संक्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखापर्छ ।
३. मलेरिया
मलेरिया पनि गर्मीको याममा धेरैलाई सताउने संक्रामक रोग हो । लामखुट्टेकै टोकाइबाट मलेरिया लाग्ने जोखिम हुन्छ । मलेरियाको लक्षण थकान, काम ज्वरो आउनु हो । यदि बालबच्चामा यस्तो लक्षण देखिए सचेत हुनुपर्छ ।
४. हैजा
यस सिजनमा हैजाको जोखिम पनि उत्तिकै हुन्छ । हैजा लागेमा पखला लाग्ने र वान्ता हुन्छ । यसले गर्दा शरीरमा तरल पदार्थको गंभिर अभाव हुन्छ । यो समस्या प्रदूषित खाना र पानीमा रहेको व्याक्टेरियाको कारण हुन्छ । सरसरफाईको कमीले यस्तो समस्या निम्त्याउन सक्छ ।
५. टाइफाइड
यो दुषित पानी र भोजनको कारण हुने समस्या हो । टाइफाइड भएमा लामो समयसम्म ज्वरो आउनेगर्छ । यसैगरी पेटमा तिब्र दुखाईका साथै टाउको दुख्ने समस्या हुन्छ ।
६. चिकनगुनिया
यो लामखुट्टेकै कारण हुने समस्या हो । एक किसिमले यो डेंगु जस्तै हुन्छ । चिकनगुनिया भएमा जोर्नी दुख्ने, ज्वरो आउने गर्छ । लामखुट्टेको माध्यामबाट यो संक्रमण एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । यसको कुनै ठोस उपचार छैन । त्यसैले यसबाट सुरक्षित रहनु नै राम्रो विकल्प हो । वा चिकनगुनिया भएपछि आरम गर्नु र भरपुर तरल पदार्थ लिनुपर्छ ।
७. पेटको संक्रमण
गर्मी र झरीको सिजनमा पेटको संक्रमण हुने जोखिम बढी हुन्छ । खासगरी बालबच्चामा यस्तो समस्या देखिन्छ । दुषित पानी वा खानाको माध्यामबाट पेटमा संक्रमण हुन्छ । वान्ता आउनु, पखला लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु यसको लक्षण हुन् ।
८. जन्डिस
जन्डिस पनि प्रदूषित खाना र पानीकै कारण फैलिने संक्रमण हो । यसको लक्षण भनेको आँखा र नङ पहेंलो हुनु, खानेकुराको स्वाद नपाउनु, कमजोरी महसुष गर्नु हो । जन्डिसको लक्षण देखिएमा चिकित्सकसँग भेट्नैपर्छ । किनभने यो निकै घातक रोग हो ।
९. लेप्टोस्पाइरोसिस
यो रोग पनि दुषित पानीकै कारण लाग्न सक्छ । तिब्र ज्वरो आउनु, कम्पन आउनु, टाउको दुख्नु यसको लक्षण हुन् । यसले कलेजोलाई असर गर्छ । यस रोगलाई पनि नजरअन्दाज गर्नु हुँदैन ।
१०. हेपटाइटिस ए
यसले कलेजोलाई एकदमै प्रभावित बनाउँछ । दुषित भोजन र पानीको प्रयोगले यो समस्या निम्त्याउँछ । ज्वरो आउनु, वान्ता हुनु यसको सुरुवाती लक्षण हुन् ।
गर्मी र झरीको याममा संक्रामक रोगले सताउने भय हुन्छ । खासगरी दुषित खाना र पानीको कारण विभिन्न किसिमको संक्रमण हुने भय रहन्छ । यसैगरी लामखुट्टेको टोकाइबाट पनि यस्ता रोगहरुले सताउन सक्छ । त्यसैले यस सिजनमा ताजा र पोषिलो खानेकुरा सेवन गनुपर्छ । खानपानमा उचित सतृकता अपाउनुपर्छ । लाखुट्टे, झिांगा आदिको संक्रमणबाट बच्नका लागि उचित सावधानी अपनाउनुपर्छ । यदि कुनैपनि रोगको लक्षण देखिएमा सोही अनुसार उपचारको विधी अपनाउनुपर्छ ।
No comments:
Post a Comment