Wednesday, July 22, 2020

अग्रज कम्युनिस्ट नेता बरमनको अन्तिम बिदाइ !

 

 काठमाडौं । थबाङलाई क्रान्तिकारी र विद्रोही थबाङ बनाउन मुख्य भूमिका खेल्ने विद्रोही योद्धा, अग्रज कम्युनिष्ट नेता बरमन बुढामगरको आज (बुधबार) पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ। ९० वर्षको उमेरमा उपचारको क्रममा बुधबार बिहान ४ः३० बजे निधन भएका बुढामगरको शवमाथि नेपालको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम विदाइ गरिएको हो।


 वरमनको शवमाथि उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए। 

 बरमनको अन्तिम विदाइमा सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’, शक्तिबहादुर बस्नेत, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत थुप्रै नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको थियो।
source:halkhabrnews.com

No comments:

Post a Comment