-सुनिलकुमार लो
पुनर्वास, २१ असार
आफ्नै छिमेकीले बञ्चरो प्रहार गर्दा पुनर्वास नगरपालिका ५ निवासी गोपाल कुँवर(बर्ष ४७)को ज्यान गएको छ । छिमेकी गोरख खडका( बर्ष ४०)ले सनिवार राती १०.३० बजेतिर बञ्चरो प्रहार गरेको पारिवारिक श्रोतबाट खुल्न आएको प्रहरीले जनाएको छ । छिमेकी बिचको सामन्य झैझगडाको क्रममा गोरख खडकाले बञ्चरो प्रहार गरेका थिए । मृतकको टाउकोमा गहिरो चोट लागेको छ । हाल मृतकको शव घटनास्थल मै रहेको छ । खोजी कार्य तथा अनुसन्धानका लागि कुकुर ल्याईने र अन्य आवश्यक कानूनी प्रक्रिया पूरा गरि शवलाई पोष्टमार्टमका लागि लगीने प्रहरीले जनाएको छ । हालसम्म आरोपित व्यक्ति, हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गर्न नसकेको र खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय, पुनर्वासका ईञ्चार्ज वकिल बहादुर सिंहले जानकारी गराएका छ्न ।
No comments:
Post a Comment