Monday, July 27, 2020

पुनर्वासमा अवैध समान बरामद, भन्सार चलान


कञ्चनपुर । सशस्त्र प्रहरीले पुनर्वास क्षेत्रबाट अवैध रुपमा भित्रिएका समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको मोबाइल गस्तीले हार्डवेयरका समान बरामद गरेको हो ।
बरामद गरिएका समान अन्दाजी १ लाख १० हजार मूल्य भएको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथले पुनर्वास नगरपालिका ६ ङ गाउँ नजिकै दशगजा सीमा क्षेत्रमा पर्ने जमुनाघारीमा दुई साइकलमा लोड गरी लुकाई राखिएको अवस्थामा समान बरामद गरिएको बताए । बरामद समान त्रिनगर भन्सार चलान गरिएको छ ।

No comments:

Post a Comment