मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनको छोरी आरध्यालाई पनि कोरोना पुष्टि भएको छ ।
ऐश्वर्या र छोरी आरध्यालाई दाेस्राेपटक काेराेना परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे टाइम्स अफ इन्डिया, डिएनए इन्डिया र द हिन्दुसतान टाइम्सले उल्लेख गरेका छन् ।
यसअघि शनिबार मात्रै अभिनेता अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।
No comments:
Post a Comment