Thursday, July 2, 2020
बेलौरीमा देखियो सलह किरा
कञ्चनपुर, १८ असार ।
बेलौरीमा पनि सलह किरा देखिएको छ ।
बुधबार बेलौरी नगरपालिकाको वडा नम्बर ६ मा सलह किरा देखिएको कृषि विकास शाखाले जनाएको हो । उक्त किराको समुह सानो भएकाले कृषकहरूले आत्तिहाल्नुपर्ने अवस्था नरहेको भए तापनि सजगता र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
फट्याङ्ग्रा वर्गको किरामा पर्ने सलहले बालीमा अमेरिकी फौजी किराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने बताइएको छ । करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।
जेठ देखि असोज महिनासम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने गर्दछ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment