Sunday, July 12, 2020
संखुवासभाको सिसुवामा पहिरोले ८ घर बगायो
संखुवासभा — संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना सम्पर्क बाहिर छन् । सम्पर्कविहीन भएका ११ जनालाई पहिरोले बगाएर बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।
अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।
अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवश्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment