Monday, July 13, 2020

पुनर्वासमा सिमा सुरक्षा फितलो बन्दै

स्थानीयद्वारा डेढ लाख बराबरको अवैध सामान र दुई मोटरसाइकल नियन्त्रणमा ।

-यम प्रसाद आचार्य
कञ्चनपुर, असार २९, २०७७
पछिल्लो समय पुनर्वासको सिमा सुरक्षा अत्यन्त फितलो बन्दै गएको छ । कञ्चनपुरको दक्षिण पुर्वी नेपाल-भारत सिमा क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिकाको सिमावर्ती वडामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईए पनि अवैध सामानको तस्करी बढदो देखिन्छ ।
गत राती भारतको सिमावर्ती बसही बजारबाट तस्करहरुले नेपालको लालझाडी लादै गरेको अवस्थामा ६ बोरा कपडा पुनर्वास २ अम्रैयामा स्थानीयले नियन्त्रणमा लिएका छ्न ।
आईतवार राती ९ बजेतिर तिब्र गतिमा मोटरसाइकलमा लैजादै गरेको देखेपछि स्थानीयले त्यसलाई नियन्त्रणमा लिएको बताएका छन । स्थानीयले एक लाख पचास हजार बराबरको ६ बोरा कपडा सहित २ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन।
सामान बोकेर लिएर आएका से ४ प २२४१ नम्बर को पल्सर मोटरसाइकल र म २ प ९००६ नम्बरको प्लाटिना मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताएका छन । तर मोटरसाइकल चालकहरु भने मोटरसाइकल छोडेर भागेको बताईएको छ ।
नाम नबताउने शर्तमा एक स्थानीयले भने लकडाउनको समयमा सिमानाका सिल भएपनि दिनहु अवैध सामान आईरहेको देखेपछि आफुहरुले निगरानीमा राखेको र आज प्रमाण सहित नियन्त्रण लिएको बताए। उनले यति कडाईका बिच पनि पारीबाट सामान आउनुमा प्रहरी प्रशासनको समेत मिलोमतो हुनुपर्ने जिकिर गरे। अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ, सिमामा सशस्त्र प्रहरीको बि.ओ. पि. छ तर ठूलो परिणाममा
सामान नेपाल भित्रीरहेकोमा स्थानीयले सुरक्षा व्यवस्था प्रती नै शंका प्रकट गरेका छ्न ।
यस बिषयमा ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तिमा बुझ्न खोज्दा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले स्थानीय द्वारा बरामद सामान सहित दुवै मोटरसाइकलको मुचुल्का उठाईसकेको र भन्सार कार्यालय कैलाली पठाउने बताए । दिनहुँ तस्करि बढीरहँदा प्रहरी प्रशासन के गर्दे छ भन्ने प्रश्नमा निरीक्षक सिंहले अहिले सिमाको पुरै जिम्मा सशस्त्र प्रहरीको रहेकाले इलाकाले सबै जनशक्ति कोरेन्टिनमा खटाएको बताए।
उता सशस्त्र प्रहरी बि.ओ.पि आनन्दबजारका निरीक्षक जगदीश बिष्टसँग के अवैध सामान भित्रीनमा सशस्त्रको मिलोमतो हो ? भन्ने प्रश्न गर्दा आफुले यो कुरा कहिल्यै सोच्न नसक्ने र आफ्नो नाकाबाट कुनैपनि सामान पास नभएको बताए । पहिला भन्दा अहिले जनशक्ति घटाएकाले सबै नाका कभर गर्न गाह्रो भैरहेकाले पनि चोरी बाटो भएर कसैले ल्याएको हुनसक्ने बताए। यस बारेमा थप अनुसन्धान गरि नाकामा कडाई गरिने पनि बिष्टले बताएका छन ।
केही दिनयता लगातार ठूलो परिमाणमा अवैध सामान बसही नाकाबाट भित्रीए पछि सुरक्षा व्यवस्था प्रती आम जनताले आक्रोश व्यक्त गरीरहेका छन ।

No comments:

Post a Comment