यम प्रसाद आचार्य,
पुनर्वास, साउन १७ ।
कंचनपुरको पुनर्वास नगरपालिकामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको रिपोर्टमा पुनर्वासका विभिन्न वडाहरुमा गरि १४ जनामा कोरोना पुष्टि भएको हो ।
प्राप्त रिपोर्ट अनुसार पुनर्वास नगरपालिकामा राष्ट्रिय मावि अम्मर बस्तीमा बसेका ३ जना, बिजय मा.बि भिमबस्तीमा बसेका ३ जना, जीवन ज्योति मा.वि त्रिभुवनबस्तीको कोरेन्ट्वाईनमा बसेका ५ जना, सरस्वती मा.वि मोतीबस्तीमा बसेका १ जना र होम कोरन्टाईनमा बसेका वडा नम्बर ६ का दुई जना गरी जम्मा १४ जनाको PCR पोजिटिभ देखिएको हो ।
पोजेटिभ देखिएका मध्ये केही घर गैसकेकोले संक्रमण समुदायमा पनि फैलिएको हुनसक्ने आशंका गरेको छ। लक डाउन खुले पछि पुनर्वासमा ठूलो संख्यामा सक्रमित भेटिए सँगै गाउँ- गाउँमा पुन: त्रास फैलिएको छ । यो सँगै पुनर्वासमा खतरा को घण्टी बजेको आँकलन गर्दै सामाजिक संजालमा पोष्ट गरिन थलिएको छ ।
पुनर्वासका विद्यालयमा भएका सबै कोरेन्ट्वाईन खारेजी गर्ने अभियान चलाएकै बेला ठूलो संख्यामा संक्रमित भेटिनुलाई चुनौतीपूर्ण भएको सरोकारवालाहरु बताउँछन् । भारतबाट दैनिक जसो मानिसहरु आईरहेकाछन तर उनीहरुलाई होम कोरेन्ट्वाईन मै बस्न भनिएता पनि उनिहरु होम कोरेन्ट्वाईनमा नबसेको गुनासो पनि जन स्तरबाट आईरहदा कोरोनाले ठूलो महामारीको रुप लिन सक्ने भन्दै यस बारे सचेत भएर कदम चाल्न संबंधित निकायले ध्यानदिनु पर्ने माग जनस्तरमा तिब्र रुपमा उठेको छ ।
No comments:
Post a Comment