कृष्ण बा बुढा भाद्र १२ दाङ\ कोरोना म्यानेज्मेण्ट सेन्टरको शुक्रवार बसेको बैठकले एक साताकालागी पुर्ण लकडाउन जारी गर्ने निर्णय गरेको छ । यो आदेश आइतवारदेखि लागु हुने केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् । संक्रमणको जोखिमलाइ न्युनिकरण गर्नकालागी लकडाउन जारीगर्नुपरेको बताउंदै यो अवधिमा कुनैपनि नागरीकले अत्यावस्यक काम वाहेकघर वाहिर निस्कन पाउने छैनन् । जिल्लाका दशवटै पालिका प्रमुखहरुको सुझाव अनुसार यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘स्थानिय पालिकाले यो बीचमा संक्रमण व्यवस्थापनकालागी अधिक्तम प्रयास गर्ने खाका दिएका छन्, आइशोलेशन देखि क्वारेन्टाइन समेत व्यवस्थापन गरी संकमणलाइ व्यावस्थापन गर्नकालागी यो आदेश जारी भएको हो, प्रमुख जिल्ला अधिकारीले बताए । यसबीचमा संक्रमणको दर अझै बढेको अवस्थामा लकडाउनको समय थप बढाउन सकिने पनि उनको अभिव्यत्तिल थियो । साथै लकडाउन अवधिमा कोरोना संक्रमणको पिसिआर परीक्षणको दायरा बढाउने पनि सहमती भएको उनले बताए । त्यसकालागी आवस्यक किट एवं अन्य श्रोत जुटाउन पनि स्थानिय सरकारले पहल गर्ने पनि सिएमसिको बैठकमा निर्णय भएको छ ।
No comments:
Post a Comment