काठमाडौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि पशुपति आर्यघाटमा आज हुने भएको छ। केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको हिजो बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
नेपाली सेनाले अन्तिम सलामी अर्पण पछि शव बाहन ,बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने सेनाले जनाएको छ। घिमिरेलाई २०७४ साल फागुन २ गते सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो ।
१९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिनु भएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए।
No comments:
Post a Comment