कृष्ण बा बुढा भाद्र ५ कोहलपुर/समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले समुदाय स्तरमा कोरोना फैलीएको भन्दै भाद्र १० गते सम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बताए । बिहीवार नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समूदाय स्तरमा कोरोना संक्रमण बढेकाले बन्दाबन्दीलाई थप गर्ने प्रस्तावलाई सर्वसहमतिले पास गर्दै भाद्र ६ गतेदेखि थप कडा बनाउने निर्णय भएको बैठकमा सहभागी इलाका प्रशासन कार्यालयका प्रतिनिधी बसन्तकमल आचार्यले बताएका छन । बैठकले नगर क्षेत्र भित्र एम्वुलेन्स,शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment