कञ्चनपुर । झलारी बजारमा रहेको आरएन ज्वैलर्समा आइतबार राति चोरहरुले लाखौं मूल्यका गहना चोरी गरेर लगेका
छन ।
पसलमा रहेको छ तोला सुन र एक किलो ३० ग्राम चाँदी चोरहरुले चोरी गरेर लगेको पसलका सञ्चालक लक्ष्मण सुनारले बताए । पसलको छतको ढोका फुटालेर चोरहरुले गहना चोरी गरेका हुन् ।
विहान पसल खोलेर हेर्दा पसल भित्र राखिएको गहना पुरै चोरी भएको पाईयो पसल सञ्चालक सुनारले भने, सुनका गहना बनाउन राखिएको ग्राहको सुन चोरी भएपछि विचल्लीमा परेका छांै ।
गहना राखिएको डेस्कको ताला पुरै फुटालेर सुन चोरी भएको सुनारको भनाई रहेको छ । सिसा भित्र राखिएको चाँदीका गहना समेत चोरी भएको छ ।
पसलमा चोरी भएपछि इलाका प्रहरी कार्यालय झलारीमा चोरीको गहना पत्ता लगाई दिन र चोरको खोजीका लागि निवेदन दिईएको सुनारले बताए । शंकास्पद व्यक्तिबारे समेत प्रहरीलाई जानकारी दिईएको उनको भनाई छ ।
यसैगरी, शुक्लाफाँटा नगरपालिकाकै वडा नं ७ का कालुराम चौधरीको १० हजार नगद रकम घरबाटै चोरी भएको छ । सोही ठाउँका गोपाल ठगुन्नाको घरबाट समेत चोरहरुले तीन वटा मोवाईल सेट चोरी गरेर लगेका छन ।
यस अघि झलारी बजारमै जयकिसन चौधरीको पसलको पछाडीको ढोका फुटालेर चोरहरुले रु चार लाख नगद रकम चोरी गरेर लगेका थिए । झलारी बजारमै प्रहरीको उपस्थीति रहने भएपनि चोरीका घटना बढन थालेपछि स्थानिय व्यवसायी चिन्तित भएका छन ।
Monday, August 3, 2020
झलारीमा चोरीका घटना वृद्धि, स्थानीय चिन्तित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment