कृष्ण बा बुढा श्रावण ३२ बर्दिया \ बर्दिया कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बर्दियामा जारी निषेधाज्ञा भाद्र ५ गते सम्म थपिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बर्दिया को ३२ गते बसेको बैठकले भाद्र ५ गते राति१२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजक बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी ले जानकारी दिए । श्रावण ३२गते राति १२ बजेदेखि बर्दियामा निषेधाज्ञाको समय पूरा हुँदैथियो । बर्दियामा पनि कोरोना को जोखिम बड्ने सम्भावना भएकाले निषेधाज्ञाको पालना भए नभएको स्थानीय तह सङग समन्वय गरि अनुगमन गर्ने निर्णय भएको कुरा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकरी ले जानकरी दिनु भयो ।
No comments:
Post a Comment