Friday, August 7, 2020

गोदावरी नगरपालिकाका ३ सहित सुदुरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि।

 

श्रावण २३ कैलाली -

सुदूरपश्चिम प्रदेशमा आज १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनामा कोरोना देखिएको हो । जसमध्ये ९ महिला ८ पुरुषमा गरी १७ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जारी गरेको आजको प्रेस नोटमा उल्लेख गरिएको छ । 

। संक्रमितहरुमा कैलालीको गोदावरी नगरपालिका ११ का दुई महिला एक पुरुष ,टिकापुरका पाँच महिला सात पुरुष ,धनगढीका एक पुरुष र कन्चनपुरको भिमदत्तका एक पुरुष रहेका छन । बितेको २४ घण्टामा सेती प्रयोगशालामा ४ सय ४९ जनाको कोरोना परिक्षण भएको छ । 

No comments:

Post a Comment