कृष्ण बा बुढा श्रावण ३१ /बाँकेको कोहलपुरमा कोरोना सङ्कम्रण समुदाय स्तरमा बडदै गए पछि शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले पुन:आइतबार ३२ गते देखि भदौ ५ गते राती १२बजे सम्म लागू हुनेगरी लकडाउनको घोषणा गरेको छ । बैठकले सरकारी कार्यायल देखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय सबै बन्द गर्ने निर्णय गरेको छ । बाके संक्रमण समुदाय स्तरमा फैलिए पछी बाँके प्रशासनले समेत निषेधाज्ञा जारि गरेकोमा हिजो मात्र निषेधाज्ञालाई बाँके प्रशासनले हटाए पनि जिल्लामा अझै कोरोना संक्रमण जोखिम भएको भन्दै यसलाई फैलन नदिन सावधानी अपनाउन जिल्लामा सवारीसाधन जोर बिजोरमा आधारित रहेर चलाउने व्यवस्था भने प्रशासनले कायम गरेको छ । कोहलपुर नगरपालिकामा लकडाउन घोषणा गरिरए पछि कोहलपुर हुँदै अन्यत्र जान खोज्ने ब्यक्ति तथा सवारी साधन भने प्रभावित हुने देखिएको छ।
No comments:
Post a Comment