Saturday, August 29, 2020
कञ्चनपुर पुनर्वासमा विष सेवनबाट आमा छोराकै मृत्यु
कञ्चनपुर, १३ भदौ ।
छोरालाई बिष खुवाई आफुले समेत बिष सेवन गरेका पुनर्वास १ गणेश बस्तीकी निर्मला रानाको आज सनिवार उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ । आठ महिने छोरा एलेक्स रानाको भने हिजो शुक्रबार विहान नै मृत्यु भएको थियोे । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भएको छ ।
विहिबार दिउसो करिब साढे तिन बजेतिर विष सेवन गरेको थाहा पाउना साथ निर्मलाका श्रीमान राजकुमार राना र परिवारका अन्य सदस्यहरुले उपचारका लागि पुनर्वास पोलिक्लिनीकमा लगेका थिए, त्यपछि त्यहा उपचार सम्भव नभएपछि धनगढी स्थित सेती प्रदेशिक अस्पताल लगेको जनाईएको छ । ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिंहका अनुसार घटना रहस्यमय तरिकाको भएको र के कति कारणले सो घटना भएको हो ? भन्नेबारे घटनाको थप अनुसन्धान भईरहेको बताए । उहाँका अनुसार मृतक आमा र बच्चाको पोष्ट मार्टम भईरहेको छ। प्रहरीले अनुसन्धानबाट घटनाको सबै रहस्य खुल्ने समेत बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment