लाल बहादुर एसके भदौ ४,२०७७/ कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० का नेता बिन्तु राम चौधरी काङ्ग्रेस पार्टी परित्याग गर्दै २ बर्ष पछि पुन: नेकपामा फर्किएका छन। । गत संघ र प्रदेशको चुनावमा नेकपा बाट काङ्ग्रेस प्रवेश गरेका नेता बिन्तु राम चौधरी त्यसलाई आफ्नो भुल सम्झिदै पुन:कम्युनिष्ट पार्टि मै फिर्ता भएका हुन । नेता चौधरीले बिबिध असुन्तुष्टिका कारण नेकपा छोडेर काङ्ग्रेस प्रवेश गरेकोमा आफुलाई पछुतो र हिनता बोध भएको बताएका छन। आफुले २०४२ साल देखी नै कम्युनिस्ट पार्टिको सिद्धान्तलाई आत्मसात गरेर खटिएर लागेको तर केही असुन्तुष्टीका कारण भुलबस काङ्ग्रेस प्रवेश गरेता पनि काङ्ग्रेसले कहिल्यै पनि देश र जनताको हितका लागि काम गर्न नसक्ने निर्क्योल गरेरै पुन आफ्नै घर फर्किएको बताएका छन। नेता बिन्तु राम चौधरीलाई नेकपा प्रदेश कमिटी सदस्य अमर चौधरी,पोतिलाल चौधरी, मदनसेन बडायक, दिपक तिमिल्सिना र जिल्ला नेता यज्ञ कडेलले टीका तथा दोसल्ला लगाएर पार्टी प्रेबेश गराएका थिय। पार्टि प्रवेश गराउदै नेकपा प्रदेश कमिटी सदस्य अमर चौधरीले दर्जनौ नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता दैनिक जस्तो नेकपा प्रवेश गरिरहेको बताउनु भयो। उसो त कंचनपुरको दक्षिण क्षेत्रमा नेपाली काङ्ग्रेस र नेकपा बिच पार्टि प्रवेश गराउन होडबाजी नै चलेको देखिन्छ।
No comments:
Post a Comment