Monday, August 3, 2020

ग्रीन टीका फाइदा

ग्रीन टीले हाम्रो तौल कम गर्न सहयोग पुर्याउँछ । ग्रीन टी उमेर बढाउन तथा तनाव कम गर्न पनि उपयोगी मानिन्छ । त्यसो त छाला र केशका लागि पनि ग्रीन टीले सकारात्मक कार्य गर्दछ । ग्रीन टीमध्ये पनि एप्पल ग्रीन टी सबैभन्दा विशेष मानिन्छ ।
ग्रीन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ । ग्रीन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको चाउरीपनालाई समेत हटाउँछ ।
ग्रीन टीलाई पानीमा उमालेर चिसो बनाउने, स्याम्पु गरेपछि चिस्याइएको उक्त पानीले केश पखाल्दा तैलीय केशको समस्याबाट मुक्ति मिल्छ । यसले केशको चायाबाट समेत छुटकारा दिलाउँछ । ग्रीन टीको पानीले केश झर्ने समस्यालाई समेत रोक्नसक्छ । त्यसका लागि ग्रीन टीको पानीलाई टाउकोको छालामा दल्नुपर्छ । हप्तामा तीन पटक यसो गरेमा केश झर्ने समस्याबाट मुक्ति मिल्छ । मनतातो ग्रीन टीमा थोरै नरिवलको तेल हालेर १० मिनेटसम्म आफ्नो हात डुबाएर राखेपछि जैतुनको तेल प्रयोग गरी हातले मालिस गर्दा घामले कालो भएको छाला सफा हुन्छ ।
किन, कसरी, कति र कहिले पिउने ?
अहिले नेपाली समाजमा पनि ग्रीन टि पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टिमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टिमा रस भिज्न अलि समय लाग्छ ।
धेरैजसो बलिउड सेलिब्रेटी नियमित रुपमा ग्रीन टि पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति नेपाली सेलिव्रेटीले पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् ।
के पाइन्छ ग्रीन टिमा ?
एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टि । यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टिमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।
किन पिउने ?
दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टि । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टिले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टि लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टि उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टि पिउन सकिन्छ ।
कति पिउने ?
ग्रीन टिले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टि पिउनु सहि हुन्छ । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।
कहिले पिउने ?
ग्रीन टि विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टि पिउनुपर्छ । खाना खानुभन्दा एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।
कसरी पिउने ?
ग्रीन टि अन्य चिया जस्तो पकाएर पिउनु हुन्न । ग्रीन टि छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टि गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

No comments:

Post a Comment