कृष्ण बा बुढा श्रावण २३ बाँके \
बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा जारी निषेधाज्ञा मंगलबारसम्म थपिएको छ ।
जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले मंगलबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनी भन्छन्, ‘बाँकेका विभिन्न क्षेत्रमा आज ४ बजेसम्म ४९ जनामा संक्रमण देखिएकाले निषेधाज्ञा थपिएको हो ।’ यसअघि दोस्रो पटक चार दिन थप गर्दा शनिबार राति १२ बजेदेखि बाँकेमा निषेधाज्ञाको समय पूरा हुँदैथियो । सुरुमा भने तीन दिन मात्र निषेधाज्ञा घोषणा गरिएको थियो ।
निषेधाज्ञाको समय थप गर्नुअघि प्रजिअ कुरुम्वाङ, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, नेपाल प्रहरीका बाँके प्रमुख एसपी ओमबहादुर रानालगायतको टोलीले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । कोहलपुर पुगेका सहायक प्रजिअ प्याकुरेलले स्थानीयमा निषेधाज्ञाबारे सचेतनाको कमि देखिएकाले अझैं कडाइ गर्नुपर्ने अवस्था भएको बताएका छन् ।
No comments:
Post a Comment