कञ्चनपुर । कञ्चनपुरमा आज राति १२ बजेदेखि १४ गते सम्म निषेधाज्ञा जारी गरिने भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरिको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्पुर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा समेत रोक लगाईएको छ।
प्रशासनले औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय गरेको छ ।
No comments:
Post a Comment