कृष्ण बुढा भाद्र ५ बाँसगढि \बर्दियाको बाँसगढी नगरपालिका—४ स्थित रहेको मदाहा गाउँ वर्षेनी आउने बाढीका कारणले उच्च जोखिममा परेको छ । वर्षेनि बाढी आउँछ कसैको घर लिन्छ भने कसैको भू–योग्य जमिन बगाएर लिने गरेको छ । बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले मदाहा गाउँका ५-६ वटा जति विगतमा घर नै बगाएको बताए । ‘यो वर्ष पनि घर बगाउने अवस्था रहेका छ’ उनले भने, ‘यहाँ अहिलेसम्म ३० देखि ३२ विगाहसम्मको जमिन कटान गरी बगाएको छ ।’ उक्त क्षेत्रमा गत तराई मधेस समृद्धि कार्यक्रम र नगरपालिकाबाट पनि बाँध बनाउनका लागि बजेट छुट्याइएको नगर प्रमुख अधिकारीले बताए । रेउ खोलाले जमिन कटान जमिन घुमाउँरो रहेको थियो त्यसलाई बाँध लगाएर सोझाएको हौं तर अझै सुरक्षित हुन सकेन । नगरपालिकाबाट १० लाख बराबरको बजेट लगानी गरीसकेका छौंं तर पनि बाढीका कारणले अझै पूर्ण सफलता पाउन सकेका छैनौं । यस्तै बाँसगढी नगरपालिका सूचना अधिकारी क्षितिज पौडेलले प्रत्येक वर्ष नगरपालिकाले कटान रोक्नका लागि बाँध बनाएको बताए । हरेक वर्ष बाँध बनाए पनि बगाएर लैजान्छ उनले भने अब डीपीआर बनाएर ठुलो योजना नबनाएसम्म हुँदैन । यसले मदाहा गाउँमा भविष्यमा ठुलो जोखिम आउन सक्छ उनले थपे, त्यसकारणले यस वर्षमा पनि गाउँपालिकाले सोही बाँध मर्मत गरिने छ । गत आर्थिक वर्षमा तराई मधेस कार्यक्रमबाट ३० लाख, नगरपालिकाको १० लाख, जिल्ला समन्वय समितिको स्थानीय तह अनुदान ५६ लाख बजेट विनियोजन गरिएको बाँसगढी नगरपालिका सूचना अधिकारी पौडेलले बताए । रेउ खोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष तिर्थराज पौडेलले रेउ खोलामा तटबन्ध बनाउँदा २ करोडभन्दा बढि खर्च भएको जानकारी दिए । प्रत्येक वर्ष तटबन्ध बनाउँछौं तर रेउ खोलाले बगाएर लैजान्छ । यहाँको बालुवाका कारणले हामीले आँकलन गरेको भन्दा पनि फरक क्षेत्रबाट खोलाले कटान गर्ने गरेको छ । त्यहाँ सिम्रहवा, बञ्जरिया, मुक्तकमैया गरी तीन वटा टोल रहेको छ उनले थपे, जहाँ एक सय ५० घरधुरी बराबर रहेका छन् । अहिले सिम्रहवा जानको लागि बाँसको पुल बनाएका छौं सोही सिम्रहवाका बासिन्दाहरु जोखिममा परेर वारपार गरिरहेका छन् । यस्तै बाँसगढी नगरपालिका वडा नंं. ४ की वडा सदस्य गोलानी थरुनीले खोलाले भङ्गालो जस्तो बनाएको छ जसका कारणले वारपार गर्नका समेत बाटो नभएको बताइन् । यहाँका स्थानीयहरुले हरेक वर्षमा जोखिम परिरहेको उनको भनाई थियो । बाँसगढी नगरपालिकाको समन्वयमा चार हेक्टरमा वृक्षारोपन भएको छ । हरेक वर्ष कटान हुने भू–योग्य जमिनमा बाँसगढी नगरपालिकाको समन्वयमा चार हेक्टरमा वृक्षारोपन गरिएको हो । बाँसगढी नगरपालिका सूचना अधिकारी क्षितिज पौडेलका अनुसार एक हजार भन्दाबढि विरुवा रोपेका बताए । उक्त क्षेत्रमा बाँस, जामुनु, आप, वेश्रम जस्ता विरुवा लगाएका छौं उनले भने जसले भू योग्य जमिन कटान हुनबाट रोक्नका लागि वृक्षारोपन गरेका हौं ।
No comments:
Post a Comment