कृृृष्ण ब. बुुुढा
भाद्र २५ बर्दिया \ सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ । बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक/एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ । बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमुनि बसेर सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उपरीक्षक नवराज राउत बताउँछन् । अहोरात्र रातदिन कोरोनासँगै जुझ्दै सीमा नाका सुरक्षामा खटिंदा समस्या भएको उनको भनाइ छ । नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटिएका सशस्त्र प्रहरी । तस्विर इमेची डटकम बारबर्दिया नगरपालिकाले रु १० लाखको आर्थिक सहयोगमा गुलरिया नगरपालिका—९ मा सशस्त्रको पोस्ट निर्माण कार्य अघि बढिरहेको छ । बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिका—८ को कण्ठपुर चोकमा पोष्ट निर्माण हुन लागेकाले यतिबेला त्रिपालमुनि बसेर सुरक्षा दिइरहेको उनले बताए । यसैबीच सशस्त्र प्रहरीले एक सातामा रु ३० लाख बराबर को सामान पक्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बुझाएको छ । बर्दियामा चो री तस्करी नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बल ३१ नम्बर गण सक्रियरुपमा लागेको छ ।
No comments:
Post a Comment