-यम प्रसाद आचार्य
कञ्चनपुर, १७ भदौ ।
पुनर्वासमा दस दिन विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले सूचना प्रकाशित गरी भोलि भदौ १८ गतेदेखि आगामी भदौ २८ सम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
बेलौरी सब-स्टेशनले पुनर्वासमा उपलब्ध गराउँदै आएको फिडरमा भोल्टेज सुधार गर्ने उद्देश्यले पुनर्वासको अंशुवर्मा बस्तीदेखी परासनसम्म कण्डक्टर अपग्रेड गर्ने कार्य हुने भएको छ । यसका लागि विहान १०.०० बजेदेखि दिउँसो ५.०० बजेसम्म काम चल्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो ।
No comments:
Post a Comment