Monday, September 7, 2020
कञ्चनपुरको बेलडाँडीमा एक बालिकामाथी पाँच जनाले गरे सामुहिक बलात्कार
-धनबहादुर बिक
कञ्चनपुर,२२ भाद्र ।
जिल्लाको दक्षिणी क्षेत्र बेलडाडी गाउपालिकामा एक दलित बालिकामाथि पाँच जना युवाले सामुहिक बलात्कार गरेका छन । १६ बर्षिय बिन्दु सुनार(नाम परिवर्तन ) लाई १७ देखि २५ बर्ष सम्मका स्थानीय सुरज सावद , मोहन सावद , मनोज बिष्ट, दिपक भट्ट र एकजना नाम नखुलेका व्यक्तिले बालिकालाई अपहरण गरि पाँच दिनसम्म पटकपटक जवरजस्ति करणी गरिएको खुल्न आएको छ ।
अपहरण गरि बलात्कार गरेको आरोपमा पिडित बालिका का बुवा दिपक सुनार र मामा दिलिप सुनारले आजै ईलाका प्रहरी कार्यालय बेलडाडीमा दोषि युवाहरू विरूद्ध कानूनी कार्वाही का लागि लिखित उजुरी दिएका छन । प्रहरीले आजै बालिकालाई स्वास्थ्य परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगेको छ । प्रहरीले दोषीहरूलाई छिट्टै नियन्त्रणमा लिईने ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले बताए ।
यस अघि प्रहरीले बालिका सहित घटनास्थलबाट पक्राउ परेका तथा कानुनि कार्वाही को दायरामा ल्याउनुपर्ने दोषि युवाहरूलाई सामान्य छलफल गरि छोडेको थियोे भने बालिकालाई अभिभावकको जिम्मा लगाईएको थियोे ।
बालिका सुनार बेलौरि नगरपालिका ४ नयाँ रिछाह घर भई बेलडाडी गाउपालिका २ चौवन्नि गैरामा बसोबास गर्ने मामा दिलिप सुनारको घरमा बस्दै आएकि र भाद्र १४ गते बिहान सुरज सावद साथिले बोलाएको भनी भेटन गएकि सुनार लाई सावदले पिडित सुनारलाई स्थानीय बजारमा दिपक कस्मेटिक पसलको पछाडि कोठामा लगि राखेको र यसअघि नै उक्त कोठामा तीन जना युवाहरू रहेको र उक्त समुहले बालिकालाई टफि भनी नसा लाग्ने अौषधि खुवाई निज बालिकालाई अपहरण गरि अन्यत्र लगि पटकपटक यौन शोषण गरिएको खुल्न आएको छ ।
भाद्र १४ गते घरदेखि लापत्ता भएकि बालिकाको खोजि गरिपाउ भनी बालिका का मामाले भाद्र १९ गते प्रहरीलाई लिखित जानकारी गराएपछि खोजविनका क्रममा प्रहरीले बेलडाडी गाउपालिका देखि अन्दाजी तीन किलोमिटर दुरिमा रहेको बेलौरि नगरपालिका १० स्थित सुगरमिल नजिकै १९ गते राति ११ बजे सम्वेदनसिल अवस्थामा फेला पारि प्रहरी कार्यालय मा ल्याएको प्रहरी निरिक्षक सिंहले बताए ।
घटनालाई दबाउन ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी जवान रोहित रोकायाले दोषि युवाहरूलाई बचावका लागि भुमिका निर्वाह गरेको पिडितहरूले आरोप लगाएका छन ।
पिडित बालिकालाई न्यायका लागि कांग्रेस दलित संघ कञ्चनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यवाहक सभापति किसन नेपाली , नेपाल दलित मुक्ति अभियान ७ नम्बर प्रदेश सह ईन्चार्ज दान बहादुर सुनार , बेलडाडी दलित हकहित सञ्जाल का संयोजक दिनेश सुनार, दलित बुद्धिजीवी गणेश सुनार लगायत स्थानीय दलित अगुवा , पत्रकार को रोहवरमा दोषीलाई कार्वाही हुनुपर्ने माग सहित ईलाका प्रहरी कार्यालय बेलडाडीमा पिडितका तर्फबाट लिखित उजुरि दिएका थिए ।
Subscribe to:
Post Comments (Atom)
हेडलाईन भने अलि सुहाएन है पत्रकारज्यु ! सिधै एक बालिका लेख्दा पनि त हुन्थ्यो नि । हरेक कुरामा जातियताको विषयलाई लाद्नै पर्छ र ? यदि त्यहाँ बाहुन वा क्षेत्री बालिका बलात्कृत भएकी भए तपाईंको हेडलाईन कस्तो बनाउनुहुन्थ्यो त ?
ReplyDeleteबलात्कारको केश हो यसलाई बलात्कारकै केशमा सिमित रहन दिनुहोस् जबर्जस्ति जातिय विभेद गराई समाज भाँड्ने खालका समाचार लेख्ने काम बन्द गर्नुहोस् ।
यो मेरो अनुरोध छ सम्पुर्ण मिडियालाई ।