Saturday, September 12, 2020

कुखुराको उचित मूल्य र बजार नपाउँदा पुनर्वासका कुखुरापालक किसान मर्कामा


-सुनिलकुमार लो
कञ्चनपुर, २७ भदौ ।
कुखुराको उचित मूल्य र बजार नपाएपछि पुनर्वासका कुखुरापालक किसान मर्कामा परेका छ्न । तयारी जिउँदो कुखुरा प्रतिकेजी ९० रुपैयाँ देखी ११० रुपैयाँमा बिक्री हुन थालेपछि कुखुरापालक किसानहरु अहिले पुर्पुरोमा हात लगाएर बस्नुपर्ने अवस्था आएको छ ।
लकडाउनका कारण भारतिय सिमावर्ती बजारबाट अवैध कुखुरा आउन छोडेपछी उत्साहित भएका किसानहरुले कुखुरा फाराम बनाई व्यवसायिक रुपमा कुखुरापालन सुरु गरेका थिए ।
"कुखुरापालन सुरुवात गर्दा मासुको मूल्य प्रतिकेजी  ४५० थियोे । त्यसबाट उत्साहित भएर चल्ला प्रतिगोटा ९० र दाना प्रतीकुन्टल  ६००० का हिसाबले खरिद गरेर व्यवसाय सुरु गरीयो। अहिले कुखुरा तयारी हुँदा १०५ का दरले उठाउँछु भन्दै व्यापारी आउँछ्न । बेचौ त सिधै घाटा छ, नबेचौ त दाना किन्दा किन्दा सर्वस्व गैसक्यो" पुनर्वास ५ का कुखुरापालक किसान दिपक देउवा गुनासो गर्छन ।
हाल पुनर्वासमा रहेका साँढे पाँच सय भन्दा बढी कुखुरा फारामहरु यहि समस्याले पीडित छ्न । महंगो चल्ला, महंगो दाना र औषधि खरिद तथा फाराम निर्माणमा लाखौं खर्च गरेका किसानहरू हाल कुखुराको  बजार मूल्यमा गिरावट आएपछि टाँट पल्टिने अवस्थामा आईपुगेका छ्न ।
    पुनर्वास कुखुरा तथा अण्डा उत्पादक संघका अध्यक्ष अमरसिंह पन्तले विना दर्ता अवैध रुपमा खुलेका कुखुरा फारामकै कारण पुनर्वासका कुखुरा उत्पादक किसानहरुले समस्या भोग्नु परेको बताएका  छन । मूल्यमा एकरूपता कायम गर्ने देखि समितिले दिएका आवश्यक निर्देशनहरु   विना दर्ता सञ्चालन भईरहेका कुखु्रा पालक किसानहरुले नमानिदिदा सम्पूर्ण कुखुरा पालक किसानहरु मर्कामा परेको अध्यक्ष पन्तको भनाइ छ ।
अध्यक्ष पन्तले कुखुरा पालक किसानहरुलाई कुखुराले दानामा बढी खर्च भयो भनेर आतिएर सस्तोमा कुखुरा नबेच्न अनुरोध गरेका छ्न र सोह्र श्राद्धको समय सकिने बित्तिकै स्थानीय बजार र पहाडमा कुखुराको खपत हुने र त्यसपछि उत्पादनले उचित मूल्य पाउने समेत जानकारी गराए । 

No comments:

Post a Comment