Wednesday, September 16, 2020
पुनर्वासी युवाहरूको पहलमा सञ्चालन भईरहेको फूड बैकले अति विपन्न वर्ग लाभान्वित
-सुनिलकुमार लो
कञ्चनपुर, ३१ भदौ ।
पुनर्वासका समाजसेवी युवाहरूको पहलमा गत सनिवार देखि सञ्चालन भईरहेको फूड बैकले पुनर्वास क्षेत्रमा रहेका अति विपन्न वर्ग लाभान्वित भएका छ्न ।"सक्नेले गरौ दान, भोकमरी विरुद्ध चलाउँ अभियान" भन्ने नाराका साथ सञ्चालन भईरहेको सो फूड बैक लकडाउनका कारण हातमुख जोर्न समस्या परीरहेका परिवारहरुलाई लक्षित गरेर सञ्चालन भईरहेको छ ।
कोभिड १९ का कारण विश्वब्यापी महामारीका कारण छ महिनादेखि रोजगारीको अवसर ठप्प छ । हुनेखाने वर्गलाई सामान्य असर परेपनी दैनिक ज्यालादारी र विपन्न वर्गलाई भने अत्यन्त अप्ठ्यारो परिस्थिति सृजना भएको वर्तमान अवस्थामा समाजसेवी युवाहरूको पहलमा पुनर्वासमा फूड बैकको सञ्चालन हुँदा विपन्नवर्गले राहत महसुस गरेका छ्न ।
गत सनिवारबाट सञ्चालन भएको सो भोकमरी विरुद्धको अभियानमा हालसम्म तेईस घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । त्यसैगरी चौध जना सहयोगी हातहरुले सहयोग गरेका छ्न । सहयोग उपलब्ध गराउने दाताहरूले खाध्य बस्तु र नगद सहयोग गरेका छ्न । दाताहरू स्थानीय ब्यापारीदेखि विदेशमा रोजगारीको सिलसिलामा बसेकाहरु पनि छ्न ।
"लकडाउनका कारण हातमुख जोर्न धौ धौ परेका परिवारहरुलाई दाताहरूबाट लिएर खाद्यान्न उपलब्ध गराउँदा उनीहरूको मुहारमा देखिने मुस्कान नै हामिहरुको पुरस्कार हो" अभियानमा खटिरहेका पुनर्वासका समाजसेवी युवाहरू हिमेश थापा र रुपेश बिकले एकै स्वरमा हाम्रै साझा पत्रिका समक्ष खुशी व्यक्त गर्दै भने । उनीहरूले भोकमरी विरुद्धको लडाइँमा साथ दिन मनकारी मनहरुलाई आग्रह समेत गरे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment