कञ्चनपुर, २४ भदौ ।
पुनर्वास नगरपालिका ४ आनन्द बजारमा रहेको सशस्त्र प्रहरी बल बिओपीले अढाई लाख बराबरको कपडा बरामद गरेको छ ।
गत भदौ २१ गते राती करीब दुई बजेको समयमा भारतीय बजार बसहीबाट नेपाल भित्रिदैँ गरेको अवस्थामा पुनर्वास नगरपालिका–४,आमताल नजिकै सिमा क्षेत्रबाट सो अवैध कपडा नियन्त्रणमा लिए पनि भारतीय तस्कर भने नियन्त्रणमा लिन नसकिएको बिओपी ईञ्चार्ज प्रहरी निरिक्षक निम बहादुर भण्डारीले जानकारी दिए ।
No comments:
Post a Comment