Sunday, September 6, 2020

बाँसगढीको चौधरी ग्रुप (सिजी) फुड उद्योगका ४२ जना कर्मचारिमा कोरोना पुष्टि ! 


कृष्ण बा बुढा भाद्र २१ बर्दिया \ कोरोना सङ्क्रमित बढी रहेको बेला आज बर्दियाको बाँसगढीमा संचालित चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।                                                                                        स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आईतवार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्य २९ पुरुष र १३ महिला रहेका छन । भेरी अस्पताल नेपालगन्जको कारोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा आईतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुरहरु हुन । जसमध्य ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना बर्दियाका हुन भने अन्य ४ जना विभिन्न् जिल्लाका व्यक्तिहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

No comments:

Post a Comment