Wednesday, September 30, 2020

आफ्नी ५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती


हाम्रो समाजमा जब छोरीहरु २०/२२ वर्ष पुग्दछन् तब बाबुआमाले उनीहरुका लागि योग्य वर खोज्न सुरु गर्दछन् । तर यहाँ भने उल्टो भएको छ । छिमेकी मुलुक भारतमा  एक २२ वर्षिया युवतीले आफ्नी पचास वर्षिया आमाको लागि बेहुला खोज्दै छिन ।  उनले अहिले सोसल मिडिया ट्वीटरमा आमाको लागि योग्य वर चाहियो भनेर पोस्ट गरेर  तहल्का मच्चाइरहेकी छिन् । आफ्नी ५० वर्षे एक्लि आमाका लागि ट्वीटर मार्फत योग्य बेहुलाको खोजी गर्दै उनले तस्वीर अपलोड गरेपछि त्यो भाइरल बनिरहेको छ ।
हो, ट्वीटरमा अहिले एकजोडी आमा छोरीको तस्वीर निकै चर्चित बनिरहेको छ । यो तस्वीर यसकारण विशेष छ कि त्यसमा देखिएकी छोरीले आमाचाहीँका लागि योग्य वरको खोजी गरिरहेकी छिन् । आस्था वर्मा नामकी ती युवतीले आफ्नी आमासँगको उक्त तस्वीर ट्वीटरमा पोष्ट गर्दै ५० वर्षकी आफ्नी आमाका लागि एकजना उपयुक्त श्रीमानको खोजी गरिरहेकी बताएकी छिन् ।


उनले आमाका लागि वरको खोजी गर्दै सम्भाव्य उम्मेदवारका सन्दर्भमा केही शर्त पनि राखेकी छिन् । उनका अनुसार उनको हुनेवाला पिता शाकाहारी हुनुका साथै रक्सी नपिउने हुनु आवश्यक छ । यसका साथै आर्थिक रुपमा सम्पन्न हुनु पर्ने शर्त पनि उनले राखेकी छिन् ।
कानून विषयकी छात्रा रहेकी ती युवतीको उक्त ट्वीट निकै भाइरल बनिरहेको छ । धेरै ट्वीटर प्रयोगकर्ताहरुले त्यसमा लाइक, रिटि्वट तथा कमेन्ट गरिरहेका छन् । धेरै प्रतिक्रियाहरु भावुक बनाउने खालका पनि छन् ।
उमेरले पचास वर्ष पुगेपछि  जीवन साथीको आपरिहार्यता र आवश्यकता झनै बढने र एक्लोपनले मानीसको जीवनमा निराशा र संकट निम्त्याउने भन्दै धेरै ट्वीटर प्रयोगकर्ताहरुले यसलाई एकदमै जायज भन्दै सहानुभूति प्रकट गरेका छ्न । समाज र आफन्तले के भन्छ भन्नेतर्फ नलागी आफ्नो जीवनलाई सुन्दर र सहज बनाउन समेत   सल्लाह र शुभकामना दिएका छ्न । आफ्नो जीवनलाई आफुले चाहेजस्तो तरीकाले बिताउन पाउनु सबैको प्राकृतिक अधिकार समेत भएको उनीहरूले जीकिर गरेका छ्न ।
३१ अक्टोबरका दिन उनले गरेको उक्त ट्वीटमा अहिलेसम्म साढे ५ हजार कमेन्ट्स, साढे ६ हजार रिट्वीट र २८ हजार लाइक्स प्राप्त भैसकेका छन् । प्रतिक्रिया दिनेमध्ये कतिपय पुरुषहरुले त आफु आस्थाको पिता बन्न तयार रहेको बताएका छन् । एजेन्सीको सहयोगमा
 
 
  

No comments:

Post a Comment