Monday, September 7, 2020

आजको राशिफल/आज २०७७ भदौ २२ गते सोमबारको राशिफल

आजको पञ्चाङ्ग :  तिथि : पञ्चमी बार :  सोमबार नक्षत्र  : भरणी योग  : र्धुवा करण  :  तैतिल  आजको पर्व : पण्चमी सिद्धार्थ  
मेष  : आज मेष राशिको सम्मान बढने समय छ । आन्तरिक बिचारलाई  प्रयोग गरी  गरिएका कार्यहरु सफल हुनेछन । राजनीति क्षेत्रका मनिसलाई  आरोप लाग्ने छ।
बृष : आज तपाईं अरु व्यक्तिको फन्दामा परेर धन नाश गर्नुहुनेछ । पुरुषहरु स्त्रीको प्रलोभनमा पर्ने छन । स्त्रीहरु लोभ र जालसाजीको भुमरिमा पर्ने छन ।
मिथुन :  आज मिथुन राशिले बहुमुल्य बस्त्र आलंकारको भोग गर्ने छन। आयु आरोग्यको प्राप्ती हुनेछ। आज बिवाहित ब्यक्तिलाई  ससुराली तर्फबाट सहयोग मिल्नेछ।
कर्कट : आज सहासिक कर्य गर्नुहुनेछ। पैतृक कर्यको शुभ अवसर पनि मिल्नेछ। पहिल्यै मनमुटाव भएका मित्रहरु र आत्मिकजन सङ्ग सकारात्मक सम्बन्ध बन्नेछ।
सिह :   आज माङ्गलिक र देवकार्यमा मन जानेछ। आफुभन्दा साना मनिसहरुको सहयोगले तपाईंका अट्केका कार्यहरु सम्पन्न हुनेछन।
कन्या : आज तपाईंकोलाई क्रोधले घेरेर सफल हुन खोजेका कार्यहरु पनि असफल हुनेछन। चोटपटक लग्ने छ। शत्रुहरुले प्रतिसोध साध्न अनैतिक कर्यहरु पनि गर्न सक्ने छन ।
तुला  : आज  तपाईंलाई प्रेम गर्नेहरु प्रशस्त हुनेछन । भोग बिलासमा भुलेर आवस्यक कार्यहरु बिलम्बित हुन सक्ने छन। धेरै माया र सम्मानले तपाईंलाई पुलकित बनाउने छ । र  बुद्धिको सन्तुलनलाई बिगार्न सक्नेछ।
बृष्चिक : आज तपाईको ईच्छाशक्ति प्रवल बन्ने छ । यसै शक्तिले तपाईंलाई सफल र उत्कृष्ट बनाउनेछ । सन्तानको सफलताले पनि तपाईलाई प्रफुल्ल बनाउनेछ।
धनु  : आज तपाईंलाई इश्वरीय शक्तिको साथ मिल्नेछ। ओसार पसारको कार्य गर्ने मानिसको लागि सफल रहने योग छ ।इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुनेछन ।
मकर :   आज मनवीय संवेदना र आरुको दु:खले गर्दा तपाईं पीडित हुनुहुनेछ । आज तपाईंको दृष्टि भ्रमले गर्दा केही समय मानसिक तनावग्रस्त बनाउला ।आज सान्झ   रमाइलो  वातावरण बन्नेछ।
कुम्भ :  आज तपाइको दिन साहसिक उर्जाले भरिपूर्ण हुनेछ। आज तपाईंलाई अरुको सेवामा मन प्रसन्न रहनेछ।आज कुम्भ राशिका मानिसलाई ढाडमा समस्या रहनेछ।
 मीन :  आज तपाईं अति कल्पनाशील भएर कल्पनाको महल बनाउनु हुनेछ। ब्यवहारिक भन्दा दार्शनिक पक्ष बढी हाबी हुनेछ। निन्द्रा र सपनाको आनन्द उत्कृष्ट हुनेछ। आज तपाईं एकदमै सन्तुलित हुनुहुनेछ।
आजको विशेष :  आज श्री बिज मन्त्रको १०८ जपबाट लक्ष्मी सधना गर्न सकिन्छ।आज श्री सुक्तको पाठ गर्नाले स्थिर र पुर्ण लक्ष्मीको प्राप्ती हुन्छ। दु:ख दरिद्र शोक सन्तापको नास हुन्छ।
नव ग्रहले हामी सबैको रक्षा गरून् ।

No comments:

Post a Comment