कञ्चनपुर/१२ असोज
पुनर्वासको डोकेबजारबाट सुनका गहना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको मुम्बैबाट डोकेबजार पुगेका दुई जनालाई क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेश र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंहको कमान्डरमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो डोकेबजारबाट सुनका गहना सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउपालिका वडा नम्वर २ का १९ बर्षीय सुमित भुजेल र २२ बर्षीय मोहन कामी रहेको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
उहाँका अनुसार सुनका गहनाहरु भारतबाट चोरी गरि नेपाल ल्याउँदै गरेको भन्ने विशेष खबरका आधारमा ती दुई जनालाई पक्राउ गर्दा तिनीहरुबाट सुनका मोटो बाला ५ थान, चुरा चार थान, औँठी चार थान, झुम्का ६ थान, कानको टप एक जोडी, हार एक थान, सानो बाला एक थान लगायतका गहना बरामद गरिएको बताए ।
गहना सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको र आज नै अदालतबाट म्याद थप गरिने प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा १४ महिने बसाईको यो अन्तिम उपलब्धि पनि हो ।
No comments:
Post a Comment