Monday, September 7, 2020

बाँसगढी नरपालिकामा निषेधाज्ञा घोषणा ! 

 


कृष्ण बा बुढा भाद्र २१ बर्दिया \बाँसगढी नगरपालिकामा सञ्चालित सिजी फूड फ्याक्ट्रीमा कार्यगत ४२जना कर्मचारी मा कोरोना पुष्टि भए पछि भाद्र २२गते देखि २८ गते सम्म को लागि निषेधाज्ञा घोषणा गरिएको छ।                                      पहिलो चरणमा एक जनामा कोरोना पुष्टि भएको थियो ।भने दोस्रो चरण मा वडा नं २ देखि वडा न ९ सम्मका ४२ जना श्रमिकहरुमा कोरोना पोजेटिभ देखिएको र सो कुरालाई मध्यनजर गरी जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा कोरोना भाइरस कोभिड १९ को थप संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि भोलि मिति २०७७ भाद्र २२ गते विहान ६ बजे देखि मिति २०७७ भाद्र २८ गते मध्यरातसम्म बाँसगढी नगरपालिका भित्र निषेधाज्ञा जारी गरिएको जानकारी बासगढी नगरपालिकाले दिएको छ। कर्मचारीमा एकै पटक यति धेरै संक्रमित फेला पर्दा मानिसहरु थप चिन्तित बनेका छन । यस अघि पनि कम्पनिका कर्मचारहिरुमा कोरोना देखिएपछि कम्पनिलाई सिल गरिएको थियो। आज पुष्ठि भएका मध्य ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना बर्दियाका हुन भने अन्य ४ जना विभिन्न् जिल्लाका व्यक्तिहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ । बाँसगढी नगरपालिकामा एकै चोटि धेरै मात्रमा संक्रमीत फेला परेकाले निषेधाज्ञा जारी गरिएको जानकारी बाँसगढी नगरप्रमुख शालिकराम अधिकारिले दिनुभयो ।

No comments:

Post a Comment