कृष्ण बा बुढा आश्विन ९ बर्दिया \ बर्दियाको बाँसगढी नगरपालिका भित्र रहेका क्वारेन्टिनहरुमा खाना वितरण गरिएको छ । बिहीबार प्रयास नेपाल बाँकेको सहकार्यमा बाँसगढी युवा मञ्चले क्वारेन्टिनमा रहेकाहरुलाई खाना वितरण गरेको हो ।
खाना वितरण कार्यक्रमको बाँसगढीका नगर प्रमुख सालिकराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी, प्रयास बाँकेका निर्देशक सवल राना लगायतले उद्घाटन गरेका थिए । नगर प्रमुख अधिकारीले युवाहरुले कोरोना महामारीको बेला स्थानीय सरकारलाई सघाएकोमा धन्यवाद समेत दिए । ‘विश्व व्यापी महामारीका बेला सरकारलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु’ उनले भने, ‘महामारीको जोखिम अझै कम नभएकाले रोकथाम तथा नियन्त्रणमा साथ दिनुहुन्छ भन्ने आशा हामीले लिएका छौं ।’
युवा मञ्च बाँसगढीका सचिव देवराज अधिकारीले महामारीको बेला केही भएपनि सरकारलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ खाना नास्ता सहयोग गरिएको जानकारी दिए । महामारी बेला सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । ‘यस्तो महामारीमा हामीले सधैं सरकारको मात्र मुख ताकेर बस्नुहुन्न’ उनले भने, ‘युवाहरुले चाहे केही गर्न सक्छन् । सोही कुरालाई देखाउनको लागि क्वारेन्टिनमा रहेकोलाई खाना वितरण गरेको हौं ।’
सोही अवसरमा क्वारेन्टिनमा रहेकाहरुलाई रमाइलोको लागि हाउजी विगों खेल समेत खेलाइएको थियो । प्रयास नेपाल बाँकेका निर्देशक रानाले क्वारेन्टिनमा बसेकाहरुलाई रमाइलोको लागि खेल खेलाइएको जानकारी दिए । युवा मञ्च बाँसगढीले संविधान दिवसको अवसर पारेर नगर भित्रका सबै वडामा राहत समेत बाँडेको थियो । मञ्चका सचिव अधिकारीका अनुसार निम्न आय भएकाहरुलाई राहत वितरण गरिएको थियो ।
No comments:
Post a Comment