Saturday, September 5, 2020

बाँसगढी युवा सरोकार समितिद्वरा रक्तदान कार्यक्रम सम्पन्न !(फोटोफिचर सहित) 


कृष्ण बा बुढा भाद्र २० बर्दिया \ बर्दियाको बाँसगढिमा आज रक्तदान कार्यक्रम गरिएको छ ।"कृषि पर्यटन युवा स्वरोजगार सरसफाइ कार्यक्रम सिर्जना मा हाम्रो सक्रियता ,युवा विद्यार्थीको नेतृत्व बिकास ,खेलकुद एवम् समुन्नत समाज निर्माणमा हाम्रो प्रतिबद्धता " भन्ने मुलमन्त्र लिइ स्थापना भएको यस क्षेत्र कै अग्रणी युवा विद्यार्थी को भरोसायोग्य सबैको साझा सस्था बासगढी युवा सरोकार समितिले उक्त कार्यक्रम गरेको हो । नगर प्रमुख शालिकराम अधिकारी ,बाँसगढी बहुमुखी क्याम्पस प्रमुख इश्वरी रिजाल ,रामचन्द्र पौडेल, धुर्ब थापा लगाएत करिब ४५ जना महानुभावहरुले रक्तदान गरेको सरोकार समिती सम्योजक रेशम अधिकारीले बताउनु भयो ।                                       

नगर प्रमुख शालिकराम अधिकारी ज्यु को प्रमुख आथित्वमा सम्पन्न सो कार्यक्रम मा ने क पा बर्दिया पाटी अध्यक्ष भुवन कुमार थारु ,नेपाली काङ्ग्रेस सभापति गोबिन्द प्रसाद रेग्मी, समाजसेवी खडक बहादुर खड्का ,नगर उपप्रमुख सुस्मा चौधरी, धुर्ब थापा लगायत विभिन्न सघ सस्थाका प्रतिनिधि युवा बिद्यार्थी सरोकार वाला थुप्रै व्यक्तित्वहरको उल्लेखनीय उपस्थिति रहेको थियो । सरोकार समितीले समय अनुसार निर्दिस्ट योजना बनाइ आगामी दिनमा समाज लाई दुरगामी प्रभाव पार्ने खालका विभिन्न रचनात्मक एबम सिर्जनात्मक खालका क्रियाकलाप गर्ने ,,सबैको आशाको केन्द्र बनाउन निरन्तर प्रयत्नशील रहने र यो महामारी को समयमा रगतको अभाब भइरहेको बेला बर्दियामा कसैले पनि रगतको अभाब मा ज्यान गुमाउनु नपरोस भन्नको लागि यो कार्यक्रम गरेको सरोकार समिती महासचिव सन्तोष बास्तोलाले बताउनुभयो।                                                                 

                  सरोकार समितिले गर्ने विभिन्न काममा आफु प्रतिबद्ध रहने यो क्षेत्रकै एक धरोहरको रुप मा स्थपित हुनेकुरा नगर प्रमख ले बताउनु भयो।                                                 

     

 त्यसैगरी ने क पा बर्दिया जिल्ला अध्यक्ष भुवन कुमार थारु ले सरोकार समितिको काम प्रसन्सनिय भएको र आगामी दिनमा युबाहरुले यस्ता काम गर्दै गएमा समाजमा परिबर्तन हुने कुरा जिकिर गर्नु भयो र आफ्नो तर्फ बाट सहयोग हुने कुरा समेत बताउनु भयो ।



No comments:

Post a Comment