Wednesday, September 9, 2020
स्कुलको सामान चोरी मुद्धामा होरिलाल रानाले पाए सफाई !
-हाम्रै साझा संवाददाता लालझाडी, कंचनपुर कंचनपुरको लालझाडी ३ बल्मीका दुईवटा स्कुलको सामान चोरीको आरोप लागेका होरीलाल रानाले सफाई पाएका छन । बल्मीको सौंन्दर्य पब्लिक बोर्डिङ स्कुलको ढोका र चौखट तथा पुर्णिामा आधारभुत बिद्यालयको भर्र्याङ् र मोटर चोरेको आरोप लागेकोमा अन्त: राम बहादुर चौधरीले भर्र्याङ् चोरेको पत्ता लागे पछि बल्मीकै होरीलाल रानाले सफाई पाएका हुन। केही दिन अगाडि शौन्दर्य पब्लिक बोर्डिङ स्कुलको ढोका र चौखोट हाराएको भन्दै विद्यालयले खोजी थालेपछि चोरी भएको समान होरी लाल रानाको घरमा भेटाए पछि निजलाई चोरीको आरोप लगाएको थियो। तर बिवरणलाई केलाउदै जाँदा राती कसैले उक्त समान होरिलाल रानाको घर अगाडि लगेर फालिएको पाईएको थियो। तर बेवारिसे अवस्थामा फालिएको ढोका र चौखोट होरीलाल रानाले सुरक्षित आफ्नो घर पछाडी राखिदिएका थिए। तर विडम्बना त के भने जसल्र समान सुरक्षीत राखे उनैले चोरीको आरोप खेप्नु पर्यो। समस्या सुल्झाउन पटक पटक समुदायक भेला आयोजा गरेपनी समस्या समाधान नभएपछि मुद्दालाई ईलाका प्रहरी कार्यालयमा पठाईएको थियो । सोही समयमा पुर्णिामा आधारभुत विद्यालयको समेत समान चोरी भएको पाइएपछी घटना झन रोचक बनेको थियो । तर लामो अनुसन्धान पश्चात् पुर्णिामा आधारभुत विद्यालयको भर्र्याङ् राम बहादुर चौधरीले चोरी गरेको पाएपछि घटना चौधरी तर्फ मोडिएको पाएको छ । घटना पहिल्ताउदै जाँदा चोर होरिलाल राना नभएको र उनी निर्दोष भएको पाईएको छ। तर राम बहादुर चौधरी भर्र्याङ् चोरेको पत्ता लागे पछि चौधरीलाई रु १७०००जरिवाना गरेर मिलापत्र गरेको सरोकारवाला पक्षले जनाएका छन । सफाई पाए सँगै गलत आरोप बाट आफुले न्याय पाएको होरीलाल रानाले बताएका छन।आफुले बारम्बार चोरी नगरेको बरु वेबारिसे समान सुरक्षीत राखिदिएको बताएपनी सनाजले बिश्वास नगरेकोमा आफुलाई सार्है दुख लागेको बताएका छ्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment