Wednesday, September 2, 2020

अब देखी कर्णाली प्रदेश जान पीसीआर रिपोर्ट नचाहिने ।

 


भदौ १७ सुर्खेत \ कर्णाली भित्रने मुख्य नाका बबईमा पीसीआर रिपोर्ट नभएपनि आवतजावत गर्न पाइने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले बबईमा अनिवार्य पीसीआर रिपोर्ट जाँच गर्दा नागरिकहरुले सास्ती खेप्नु परेकाले रिपोर्ट विनै कर्णाली आउन पाइने भएको हो ।                             सरकारले भदौ १ गतेदेखि प्रदेश भित्रने नाकाहरुमा कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरेको थियो । तर आजदेखि भने लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु र संक्रमणको आशंका गरिएकाहरुको मात्रै परीक्षण गरिनेछ । पीसीआर परीक्षणमा मितव्ययीता अपनाएर त्यसमा हुने खर्च दीर्घकालीन स्वास्थ्य संरचना बनाउने तयारीमा रहेको मुख्यमन्त्री महेन्दबहादुर शाहीले बताए । उनले कोरोना परीक्षण अनिवार्य नभइ आवश्यकताका आधारमा गरिने बताए । गत साउन २९ गते बसेको बैठकले नाकाबाट भित्रने सबैले अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट देखाउनेगरी निर्णय गरेको थियो ।

No comments:

Post a Comment