Thursday, October 8, 2020

अनुगमन तथा मुल्यांकन समिति द्दारा बाँसगढीका किराना पसल अनुगमन !

 


कृष्ण बा बुढा आसोज २२ बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकाले मुख्य बजारमा रहेका किराना पसलहरुको अनुगमन गरेको छ । बुधबार बाँसगढी नगरपालिकाकी अनुगमन तथा मुल्यांकन समितिकी संयोजक तथा उप–प्रमुख सुष्मा कुमारी चौधरीको नेतृत्वमा नगर भित्रका किराना पसलहरु अनुगमन गरिएको हो ।                                                          म्याद सकिएका सामान बिक्रि वितरण गर्ने तथा स्वास्थ्य मापदण्डहरु पालना गरिएको छ या छैन भनी अनुगमन गरिएको संयोजक चौधरीले जानकारी दिइन् । ‘आउँदै गरेको दशै तिहारको समयमा व्यापारीहरुले चर्को मुल्य लिने र म्याद सकिएका सामानहरु बिक्रि वितरण गरिरहेको भए कारवाही गरिनेछ’ उनले भनिन्, ‘तर पहिलो दिन १६ वटा पसलहरु अनुगमन गर्दा त्यस्तो भेटिएन ।’ अब नगरपालिकाका नगरभित्र रहेका डेरी उद्योग, उद्योग पसल अन्य कलकारखाना लगायत क्षेत्रमा समेत अनुगमन गरिने उनले जानकारी दिइन् । अनुगमन समितिमा रहेका बाँसगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र गिरीले अहिले किराना पसलहरु मात्र अनुगमन गरिएको बताए । ‘हामीले पटक पटक सूचना जारी गरिसकेका छौं । फेरी पनि पुनः हामी अनुगमनमा जान्छौ । त्यसपछि कुनै त्रुटी भेटिएको खण्डमा कारवाही गर्नेछौं’ उनले भने, ‘पहिले अनुगमन गएको बेलामा मुल्य सूचिहरु राखेका थिएनन् तर अहिले अनुगमनमा गएको बेलामा भने मुल्य सूचिहरु राखेको पाइएको छ ।’                                                       अनुगमनमा बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल, ईलाका प्रशासन कार्यालय बाँसगढीका सूचना अधिकारी मोहन लम्साल, बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर के.सी. लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment