Tuesday, October 20, 2020
पुनर्वास नगरपालिका सबै वडाको आफ्नै भवन बन्दै, २ नम्बर वडा कार्यालय भवनको आज शिलान्यास !
यम प्रसाद आचार्य कार्तिक ४, पुनर्वास / कंचनपुरको पुनर्वास नगरपालिकाका सबै वडाको वडा कार्यालय भवन बन्ने भएको छ। यसै क्रममा आज २ नम्बर वडा कार्यलयको भवनको पनि एक कार्यक्रम बिच शिलान्यास गरिएको छ। नगर प्रमुख जीवन राज थापा र २ नम्बर वडाका वडा अध्यक्ष सन्त कुमार चौधरीले सयुक्त रुपमा आज वडा कार्यालय भवनको शिलान्यास गर्नु भएको हो । २०७७ श्रावण १४ गते ठेक्का सम्झौता भएको यो भवन २०७८ अषाढ १५ गते सम्पन्न गर्ने गरि धनगढीको कविता निर्माण सेवाले नगरपालिकाको लागत स्टिमेट १ करोड ३२ लाख ६ हजार अन्ठाउन्न रुपैँया रहेकोमा ८४ लाख ४९ ह्जार ६ सय पचपन्न रुपैँया बिलोमा वडा भवन निर्माणको ठेक्का पाएको हो ।
भवन शिलान्यास पछी खुशी साट्दै वडा अध्यक्ष चौधरीले भवन बनिसके पछि वडाका काम गर्न सजिलो हुने र सेवाग्राहीलाई पनि सुबिधा हुने बिश्वास ब्यक्त गर्नु भएको छ। साथै वडाध्यक्ष चौधरीले वडाको प्रत्यक्ष निगरानीमा मापदण्ड अनुसारको भवन निर्माण गराउने पनि जानकारी दिनुभयो ।
त्यसरी नै नगर प्रमुख थापाले नगरपालिकाका सबै वडाको भवन यहि आर्थिक बर्षमा बन्ने बताउनु भएको छ। उँहाले छिटो छरितो र सुबिधाजनक तरिकाले सेवा दिन कार्यालय अनिवार्य भएको बताउदै सबै वडाको भवन निर्माण भए पछि जनतालाई धेरै सुबिधा हुने बताउनु भएको छ। कतिपय वडामा भवन अभावका कारण २ वडाको सयुक्त रुपमा कार्य गरिरहेको स्मरण गर्दै अब भने सबै वडाको आफ्नै भवन बन्ने भएकाले सेवाग्राहीलाई पनि सुबिधा हुने बिश्वास ब्यक्त गर्नु भएको छ। उँहाले जहाँ- जहाँ पहिले नै भवन छन त्यो बाहेक सबै वडामा भवन बन्न लागेको पनि स्पष्ट पार्नु भएको छ। यसै सन्दर्भमा जानकारी दिदै नगरपालिकाका प्राबिधिक ओमनाथ ढकालले वडा नम्बर २, ४, ९ र १० को वडा भवन शिलान्यास भएर पनि तीब्र गतिना बनिरहेको जानकारी दिए । उनले वडा नम्बर ३, ५, ७, र ११ को वडा कार्यालय भवनको ठेक्का सम्झौता भैसकेकाले छिट्टै शिलान्यास भएर काम थालिने बताए । वडा नम्बर १ को साबिक कालिका गा.बि.स भवन, ६ को लागि त्रिभुवनबस्ती गा.बि.स भवन र ८ को लागि साबिक परासन गा.बि.स भवन प्रयोग गर्ने भएकाले त्यहाँ नयाँ भवन नबन्ने पनि बताउनु भएको । यो सँगै पुनर्वासका सबै वडाको आफने सुविधाजनक भवन बन्ने भएको छ । भवन निर्माण सँगै सेवाग्राहीलाई टेवा पुग्ने बिश्वास गरिएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment